---
title: "Janai Khatira (जनै खटिरा) – Herpes Zoster: लक्षण, कारण, उपचार – Derma Clinic Kathmandu"
canonical_url: https://dermaclinic.com.np/janai-khatira/
markdown_url: https://dermaclinic.com.np/janai-khatira.md
clinic: "Derma Clinic Pvt. Ltd. (Basundhara Chowki, Kathmandu, Nepal)"
medical_reviewer: "Dr. Utsav Sharma (MBBS, MD Dermatology & Venereology, NMC No: 7619)"
phone: "+977-9801358600"
date_published: 2025-03-17T03:47:35+00:00
date_modified: 2025-12-29T06:26:53+00:00
---

# Janai Khatira (जनै खटिरा) – Herpes Zoster: लक्षण, कारण, उपचार – Derma Clinic Kathmandu

> **Source:** [https://dermaclinic.com.np/janai-khatira/](https://dermaclinic.com.np/janai-khatira/)  
> **Clinic:** Derma Clinic Pvt. Ltd., 4th Floor Bishal Bhawan, Basundhara Chowki, Kathmandu | **Phone/WhatsApp:** +977-9801358600 | **Lead Specialist:** Dr. Utsav Sharma (NMC 7619)

# Janai Khatira (Herpes Zoster) – जनै खटिरा के हो?

*हर्पिस जोस्टर* ([Herpes Zoster](https://dermaclinic.com.np/herpes-zoster/)), जसलाई जनै खटिरा (Janai Khatira) पनि भनिन्छ, यो भेरिसेला जोस्टर भाइरसको संक्रमणले हुने गर्छ  जसले गर्दा छालामा दुख्ने बिबिरा आउँछ । यो त्यही भाइरस हो जसले सानोमा ठेउला (Chickenpox) ल्याउँछ । ठेउला निको भएपछि पनि यो भाइरस हाम्रो शरीरको नसाहरूमा सुसुप्त अवस्थामा बसेको हुन्छ ।  जब यो भाइरस फेरि सक्रिय हुन्छ, तब जनै खटिरा आउँछ । यो प्रायः शरीरको एक भागमा मात्र आउँछ, जस्तै छाती वा अनुहारमा ।  

## **जनै खटिराका लक्षणहरू के हुन्?**

- बिबिरा आउनु भन्दा केही दिन अगाडि दुख्ने, पोल्ने वा झमझमाउने महसुस हुनु ।  

- छालामा रातो बिबिरा आउनु र त्यसमा पानी भरिएको फोकाहरू देखिनु ।  

- फोकाहरू फुट्ने र पछि सुक्खा भएर पाप्रा बस्नु ।  

- कहिलेकाहीँ ज्वरो आउने, टाउको दुख्ने र थकाइ लाग्ने ।  

## **कसलाई हुन्छ?**

जसलाई सानोमा ठेउला आएको थियो, उसलाई यो रोग लाग्न सक्छ । यो प्रायः ५० वर्षभन्दा माथिका मानिसहरूमा र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरूमा बढी देखिन्छ ।  

## **जनै खटिरा** सर्छ?

यो रोग आफैँमा त सर्दैन, तर यदि कसैलाई ठेउला (Chikenpox) भएको छैन भने र उसले यो बिबिराको सिधा सम्पर्कमा आयो भने उसलाई ठेउला(Chickenpox)  लाग्न सक्छ । त्यसैले बिबिरा पूर्ण रूपमा नसुकेसम्म अरू मानिसहरूको सम्पर्कमा कम जानु राम्रो हुन्छ ।  

## **जनै खटिरा (Janai Khatira) जटिलताहरू (Herpes Zoster's Complications):**

**जनै खटिरा** सामान्यतया ३ देखि ५ हप्तामा निको हुन्छ, तर कहिलेकाहीँ यसले जटिलताहरू निम्त्याउन सक्छ । मुख्य जटिलताहरू निम्न अनुसार छन्:  

- **पोस्टहर्पेटिक न्युरल्जिया (Postherpetic Neuralgia - PHN):** यो सबैभन्दा सामान्य जटिलता हो, जसमा बिबिरा निको भएपछि पनि महिनौँ वा वर्षौंसम्म दुखाइ रहिरहन्छ । यो दुखाइ एकदमै तीखो र असह्य हुन सक्छ ।  

- **आँखामा समस्या: ** यदि *हर्पिस जोस्टर*  आँखाको नजिक आएमा, आँखामा संक्रमण हुन सक्छ र दृष्टि कमजोर हुन सक्छ वा स्थायी रूपमा देख्न छोड्न पनि सकिन्छ ।  

- **न्यूरोलोजिकल समस्याहरू (Neurological Complications):** कहिलेकाहीँ हर्पेस जोस्टरले मस्तिष्क (इन्सेफलाइटिस) वा स्नायु प्रणालीमा असर गर्न सक्छ, जसले गर्दा कमजोरी, पक्षाघात वा सुन्न र सन्तुलनमा समस्या आउन सक्छ ।  

- **छालाको संक्रमण (Skin Infection):** बिबिराहरूमा ब्याक्टेरियाको संक्रमण हुन सक्छ, जसले गर्दा छालामा थप समस्या आउन सक्छ ।  

- **अन्य जटिलताहरू (Other Complications):** दुर्लभ अवस्थामा, हर्पेस जोस्टरले निमोनिया, सुन्नमा समस्या वा मृत्यु पनि निम्त्याउन सक्छ, विशेष गरी कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरूमा ।  

## **जनै खटिराको (Janai Khatira) ** उपचार (Herpes Zoster's Treatments):

**जनै खटिराको** पूर्ण निको पार्ने उपचार नभए पनि, लक्षणहरू कम गर्न र जटिलताहरूबाट बच्न उपचार उपलब्ध छ । उपचारमा निम्न कुराहरू समावेश हुन सक्छन्:  

- **एन्टिभाइरल औषधिहरू (Antiviral):** एसिक्लोभिर, भ्यालासाइक्लोभिर र फ्याम्सिक्लोभिर जस्ता औषधिहरू भाइरसको वृद्धि रोक्न मद्दत गर्छन् । यी औषधिहरू बिबिरा देखिएको ७२ घण्टाभित्र सुरु गरेमा बढी प्रभावकारी हुन्छन् ।  

- **दुखाइ कम गर्ने औषधिहरू:** दुखाइ कम गर्न एसिटामिनोफेन वा आइबुप्रोफेन जस्ता साधारण औषधिहरू प्रयोग गर्न सकिन्छ । गम्भीर दुखाइको लागि डाक्टरले कडा औषधिहरू पनि लेख्न सक्छन् ।  

- **पोस्टहर्पेटिक न्युरल्जियाको उपचार (Postherpetic Neuralgia (PHN)):** यसको लागि ट्राइसाइक्लिक एन्टिडिप्रेसन्ट, गाबापेन्टिन वा लिडोकेन प्याच जस्ता विशेष औषधिहरू प्रयोग गर्न सकिन्छ ।  

## **स्याहारसुसार :**

उपचारको साथसाथै, निम्न स्याहारसुसारले पनि आराम प्रदान गर्न मद्दत गर्दछ :  

- बिबिरामा चिसो र नरम कपडाले सेक्नुहोस् ।  

- क्यालामाइन लोसन लगाउनुहोस् ।  

- सफा र सुख्खा रहनुहोस् ।  

- बिबिरालाई नकोट्याउनुहोस् ।  

- आराम गर्नुहोस् र तनाव कम गर्नुहोस् ।  

## Derma Clinic मा Janai Khatira उपचार

यदि तपाईंलाई जनै खटिराको (Janai Khatira) लक्षणहरू देखिएमा, कृपया तुरुन्तै **[डर्मा क्लिनिक](https://dermaclinic.com.np/contact-us/) काठमाडौं** ([9801358600](tel:9801358600)) मा सम्पर्क गरी [छाला रोग विशेषज्ञ](https://dermaclinic.com.np/)सँग उचित उपचार र सल्लाह लिनुहोस्। समयमै उपचार सुरु गर्नाले जटिलताहरूबाट बच्न सकिन्छ।

Derma Clinic
4th Floor Bishial Bhawan
Basundhara Chowki
Kathmandu

[](https://www.cdc.gov/shingles/hcp/clinical-overview/index.html)

[](https://www.cdc.gov/shingles/hcp/clinical-overview/index.html)
